सरकारमा बसेका दल एसीसीविरुद्ध गए गठबन्धन भत्किन्छ : गगन थापा

“एमसीसीलाई यसअघिका सबै कम्युनिष्ट सरकारले अगाडि बढाएका हुन्,” थापाले भने, “अहिले त्यसको विरोध गर्नु जायज हुँदैन र होइन।”

नेपालभ्युज

सरकारमा बसेका दल एसीसीविरुद्ध गए गठबन्धन भत्किन्छ : गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनमा रहेका दलले सरकारले संसद्मा पेश गरेको अमेरिकी सहयोग परियोजनाको विपक्षमा मतदान गरे गठबन्धन भत्कने बताएका छन्।

चितवनस्थित भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले सत्ता गठबन्धनमा रहेका दलले सरकारले पेश गरेको एमसीसीको विरुद्धमा भोट गरे गठबन्धनको कुनै औचित्य नरहने र भत्कने बताए।

महामन्त्री थापाले एमसीसीमा पहिले हामीले भसल गर्यौँ भन्न सक्नुपर्ने बताए। “एमसीसीलाई यसअघिका सबै कम्युनिष्ट सरकारले अगाडि बढाएका हुन्,” थापाले भने, “अहिले त्यसको विरोध गर्नु जायज हुँदैन र होइन।”

सरकारले ल्याएको एमसीसीविरुद्ध मतदान गरिसकेपछि त्यही सरकारमा बसिरहनु अनैतिक र अराजनीतिक हुने भन्दै महामन्त्री थापाले बाँकी कुरामा सँगै जान्छौँ भन्नुको कुनै औचित्य नहुने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved