मकवानपुरबाट लागुऔषधसहित २ जना पक्राउ

नेपालभ्युज

मकवानपुरबाट लागुऔषधसहित २ जना पक्राउ

हेटौंडा ।  मकवानपुर प्रहरीलेअवैध लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ रातोमाटेमा बीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बा ४० प ६४७८ नम्बरको मोटरसाइकलबाट लागुऔषधसहित दुई जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा मोटरसाइकल चालक पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–९ बस्ने ४२ बर्षीय ईश्वरबहादुर उदास र मोटरसाइकलमा रहेका वीरगञ्जकै २४ वर्षीय सन्दिपकुमार श्रेष्ठ रहेका छन्।

उनीहरुले लुकाएर ल्याउँदै गरेको अवस्थामा नाइट्राभेट् ३०० ट्याब्लेट, नुफिम ५३ एम्पुल, डाइजापाम ५० एम्पुल, फेनारगन ५६ एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

लागुऔषधसहित पक्राउ परेका दुवैजनालाई प्रहरी कार्यालयमा राखेर आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

मकवानपुर प्रहरीले पछिल्लो समय लागुऔषधसहित कारोबारीलाई धमाधम पक्राउ गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved