सत्तागठबन्धनले कार्यकर्ता परिचालन गरेर प्रहरीमाथि ढुंगा प्रहार गर्न लगायो : ओली

नेपालभ्युज

सत्तागठबन्धनले कार्यकर्ता परिचालन गरेर प्रहरीमाथि ढुंगा प्रहार गर्न लगायो : ओली
फाइल तस्वीर

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले आफ्ना कार्यकर्ता परिचालन गरेर प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न लगाएको आरोप लगाएका छन्।

प्रहरीमाथि प्रदर्शनकारीहरुले ढुंगा प्रहार गर्दा, बाटो भत्काउँदा पनि केही नगर्न प्रहरीलाई किन आदेश दिएको भनेर ओलीले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रश्न समेत गरे।

सोमबार काठमाडौंको दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूले त्यस सम्बन्धमा गृहमन्त्री खाँणसँग फोन संवाद गरेको बताए। सत्ताधारी गुटले आफ्ना कार्यकर्तालाई सडकमा ढुंगा हान्न पठाएर दोहोरो चरित्र देखाएको उनले बताए।

अध्यक्ष ओलीले आन्दोलनको नाममा सडकमा इँटा हान्ने, तोडफोड गर्ने तर केही पनि नगर्नु भनेर सत्तारुढ दलहरुले नै आदेश दिएको भन्दै आक्रोश व्यक्त गरे।

एमसीसी संसदमा टेवल गर्न समेत सत्तारुढ दलहरुले षडयन्त्र गरेको अध्यक्ष ओलीको दावी थियो। उनले एमसीसीबारे सत्तारुढ दलहरुले दोहोरो–तेहोरो चरित्र देखाइरहेको पनि दोहोर्याए।

उनले सत्तारुढ नेकपा (एकीकृत समाजवादी)मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको नामै लिएर बाटो भत्काउनेहरुलाई क्रान्तिकारी भन्न नमिल्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved