रेष्टुरेन्टमा सात महीनादेखि बन्धक तीन किशोरीको उद्धार

नेपालभ्युज

रेष्टुरेन्टमा सात महीनादेखि बन्धक तीन किशोरीको उद्धार

धनगढी। धनगढीको एक रेष्टुरेन्टमा ७ महीनादेखि बन्धक तीन जना किशोरीको उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका ४ रातोपुलमा रहेको टिनटिन बार एण्ड रेष्टुरेन्टबाट बन्धक किशोरीको उद्धार गरेको हो।

काम गर्ने भनेर ल्याएको तर तलब पनि नदिएर बारभित्रै किशोरीलाई बन्धक बनाएको गुनाशो आएपछि जिप्रका कैलालीका डीएसपी प्रवीन विष्टको कमाण्डमा खटिएको  प्रहरी टोलीले छापा मारेको थियो।

उक्त बारका सञ्चालकले आफू बाहिर जाँदा ताला लगाएर किशोरीलाई भित्रै थुनेर राख्ने गरेको खुलेको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ।

प्रहरीले रेष्टुरेन्ट सञ्चालकसहित तीन जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved