एमसीसीको विरोधमा धनगढीमा प्रदर्शन र धर्ना

नेपालभ्युज

एमसीसीको विरोधमा धनगढीमा प्रदर्शन र धर्ना

धनगढी। सरकारले आइतबार प्रतिनिधि सभामा एमसीसी (मिलिनियम च्यालेन्ज कर्पोरेशन) गरेसँगै धनगढीमा पनि यसको विरोधमा प्रदर्शन भएको छ। ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’, ‘विदेशी हस्तक्षेप बन्द गर’ लगायतका नारासहित प्रदर्शनकारीहरुले विरोध जुलुससँगै जिल्ला प्रशासन कार्यालय अगाडी केहीबेर धर्नासमेत दिए।

नेकपा (विप्लव), नेकपा मसाल, नेकपा क्रान्तिकारी माओवादी, बैज्ञानिक समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र (समाजवादी) र ऋषि कट्टेल नेतृत्वको नेकपा तथा राष्ट्रिय जनमोर्चा एवं देशभक्त जनगणतान्त्रिक मोर्चाको संयुक्त आह्वानमा विरोध कार्यक्रम भएको थियो।

नेकपा विप्लवका केन्द्रीय नेता ओमप्रकाश पुनले एमसीसीलाई असफल पार्न अझ कडा खालका आन्दोलनका कार्यक्रम अघि सारिने बताए। उनले भने,‘सरकार र सत्तारुढ दलहरुले जबरजस्ती पारित गर्न खोजे भने मुलुक मुठभेडको दिशामा अघि बढ्ने खतरा छ। अनिश्चितकालीन आमहडताल जस्ता कडा आन्दोलन अघि बढ्नसक्छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved