संसद् अवरोध भएको बेला एमसीसी टेबुल गर्नु हुँदैन : देव गुरुङ

नेपालभ्युज

संसद् अवरोध भएको बेला एमसीसी टेबुल गर्नु हुँदैन : देव गुरुङ

काठमाडौं । नेकपा माओवादी मुख्य सचेतक देव गुरुङले सदन अवरुद्ध भएको बेला सदन सुचारु गर्न नहुने बताएका छन्।

संसदको आजको बैठकमा उनले एमसीसीलाई लक्ष्य गर्दै कुनै पनि महत्वपूर्ण कार्यसूची अवरोधबीच पेस गर्न नहुने बताए। उनले एमसीसी परिमार्जन गर्नुपर्ने भन्दै संसदमा पेस गर्न नहुने बताए।

संदस बैठकको शुरुमै बोलेका गुरुङले एमसीसीको विरोधमा सदनमा आउन नहुने र कार्यसूची आए पनि सदन नचल्दा टेबुल हुन नहुने बताए।

आज संसद बैठक शुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध शुरु गरेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved