क्षणिक लाभका लागि एन्टिबायोटिक औषधिको प्रयोग खतरनाक

नेपालभ्युज

क्षणिक लाभका लागि एन्टिबायोटिक औषधिको प्रयोग खतरनाक

काठमाडौं। फर्मासिस्टहरूले आफ्नो क्षणिक लाभका लागि जथाभाबी एन्टिबायोटिकको दुरुपयोग गर्न नहुने औषधी व्यवस्था विभागका वरिष्ठ औषधी व्यवस्थापक सन्तोष केसीले बताए।

नेपाल औषधी व्यवसायी संघ काठमाडौं जिल्ला शाखाको प्रथम तथा द्धितीय साधारणसभामा बोल्दै उनले पछिल्लो समय नेपालमा एन्टिबायोटिक औषधीहरू मनपरी चिकित्सकको परामर्शबिना बिक्री–वितरण भइरहेको र यसले बिरामीको स्वास्थ्यमा निकै खेलबाड गरेको बताए। उनले एन्टिबायोटिकको दुरुपयोग नगर्न औषधी व्यवसायीहरूलाई आग्रह गरेका छन्।

व्यक्तिहरू आफूमा समस्या देखा परे अस्पतालभन्दा पहिले औषधी पसल गएर सल्लाह लिने गरेकाले यस्तो संवेदनशील व्यवसायले मर्यादा भुल्न नहुने उनको भनाइ थियो। पछिल्लो समयमा बढ्दो व्यवसायीका कारण बढेको आपसी प्रतिस्पर्धाको दौरान कतिपयले व्यवसायी मर्यादा नै भुलेर काम गरिरहेकाले त्यो गलत भएको उनले बताए। नेपालमा पछिल्लो समय फार्मेसीहरूको संख्या बढ्दै गए पनि दक्ष जनशक्तिको संख्या भने नबढेकाले फार्मेसी खोल्ने कार्यलाई अब नियन्त्रण गर्नुपर्ने उनले बताए।

समारोहमा बोल्दै काठमाडौँ जिल्ला शाखाका अध्यक्ष बद्री प्रसाद श्रेष्ठले भने, शाखाले उचित एवम् समान मूल्यमै जनसुरक्षित औषधीहरू सहज रूपमा उपलब्ध गराउँदै आएको बताए। पछिल्लो समय औषधी बजारमा बढेको विकृति र विसंगतिप्रति आफुहरू सचेत रहेको उनको भनाइ  थियो।

यसैगरी, जिल्ला शाखाका महासचिव शुभमान श्रेष्ठले औषधी व्यवसायले मानव जीवनसंग प्रत्यक्ष सम्बन्ध राख्ने जनाउँदै यस परिवेशमा संघ नेतृत्वले संस्थागत विकास, व्यवसायिक समस्याको समाधान र प्रभावकारी सामाजिक उत्तरदायित्वका कार्यहरू सम्पादन गर्नुपर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved