फ्रेन्च लिग वानमा पिएसजीको फराकिलो हार

फ्रेन्च लिग वानमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेइन (पिएसजी) ले नन्टेससँग ३–१ ले पराजित भएको छ।

नेपालभ्युज

फ्रेन्च लिग वानमा पिएसजीको फराकिलो हार

एजेन्सी। फ्रेन्च लिग वानमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेइन (पिएसजी) ले नन्टेससँग ३–१ ले पराजित भएको छ। पिएसजीका लागि नेयमारले एक गोल गर्दा अर्को एक पेनल्टी मिस गरेका थिए।

खेलमा अग्रता नन्टेसले कोलो मुअनीको गोलमार्फत चौंथो मिनेटमा लिएको थियो। त्यस्तै मेर्लीनले १६ औँ मिनेटमा अग्रता दोब्बर पार्दा तेस्रो गोल पहिलो हाफको इन्जुरी समयमा ब्लासले गर्दै पहिलो हाफमानै पिएसजीविरुद्ध ३–० को अग्रता लिन नन्टेस सफल भयो।

पराजित भए पनि पिएसजी ५९ अंकका साथ शीर्ष स्थानमा कायम छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved