घरेलु मैदानमै शीर्ष स्थानको सिटी पराजित

इंग्लिस प्रिमियर लिगमा लिगअन्तर्गत शीर्ष स्थानको म्यानचेस्टर सिटी घरेलु मैदानमै पराजित भएको छ।

नेपालभ्युज

घरेलु मैदानमै शीर्ष स्थानको सिटी पराजित

एजेन्सी। इंग्लिस प्रिमियर लिगमा लिगअन्तर्गत शीर्ष स्थानको म्यानचेस्टर सिटी घरेलु मैदानमै पराजित भएको छ। गए राति इतिहाद स्टेडियममा पाहुना टोली टोटेनहमले ३–२ गोल अन्तरले पराजित गरेको हो। टोटेनहमलाई जित दिलाउन ह्यारी केनले दुई तथा डिजान कुलुसेभस्कीले एक गोल गरे।

सिटीका लागि इल्के गुन्डोगन र रियाद महारेजले एक÷एक गोल फर्काए। खेलको चौथो मिनेटमै कुलुसेभस्कीले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए। ३३ औँ मिनेटमा गुन्डोगनले सिटीलाई १–१ को बराबरीमा ल्याएका थिए।

५९ औँ मिनेटमा केनले गोल गर्दा टोटेनहम २–१ ले अघि बढेपछि थप गरिएको समयमा महारेजले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए। थप गरिएको समयमै केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई ३–२ को जित दिलाउन सफल भए।

गए राति भएका अरू खेलमा आर्सनलले ब्रेन्टफोर्डमाथि २–१, वार्टफोर्डले एस्टन भिल्ला तथा चेल्सीले क्रिस्टल प्यालेसमाथि १–० को जित हात पार्दा पारे। उता बर्नेलीले ब्राइटनलाई ३–०,लिभरपुलले नर्विच सिटीलाई ३–१ र साउथह्यामटनले एभर्टनलाई २–० ले हरायो। वेस्टह्याम युनाइटेड र न्युक्यासल युनाइटेडले १–१ को बराबरी खेलेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved