प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसीबारे के होला?

सत्तारुढ दलभित्र सहमति भई नसकेकाले संघीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा अमेरिकी सहयोग परियोजना एमसीसी भने समावेश गरिएको छैन।

नेपालभ्युज

प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसीबारे के होला?

काठमाडौं। सत्तारुढ गठबन्धनभित्र सहमति नभइरहेको अवस्थामा प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। बैठक दिउँसो १ बजे बस्ने तय भएको हो। सत्तारुढ दलभित्र सहमति भई नसकेकाले संघीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा अमेरिकी सहयोग परियोजना एमसीसी भने समावेश गरिएको छैन। सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन २०७७,०७८ पेस गर्ने मात्रै कार्यसूची छ।

सत्ता गठबन्धनमा सहमति नजुट्दा एमसिसी टेबल हुन सकेको छैन। सत्ता गठबन्धनमा नेपाली कांग्रेस एमसीसी टेबल गर्नुपर्ने पक्षमा छ। तर, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा भने यथास्थितिमा एमसीसी पास गर्न नहुने पक्षमा छन् ।

जनता समाजवादी पार्टी नेपालमा भने एमसीसीको सम्बन्धमा दुई मत छ। संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई पक्षले एमसिसी पास गर्नुपर्ने पक्षमा जोड दिइरहेको छ। अध्यक्ष उपेन्द्र यादव भने अहिलेकै अवस्थामा एमसीसी पास गर्न नहुने अडानमा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved