फिलिपिन्सविरुद्ध पहिले ब्याटिङमा नेपाल, यस्तो छ प्लेइङ ११

ओमानको अल अमिरात क्रिकेट ग्राउण्डमा फिलिपन्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङको निम्तो पाएको हो।

नेपालभ्युज

फिलिपिन्सविरुद्ध पहिले ब्याटिङमा नेपाल, यस्तो छ प्लेइङ ११
फाइल फोटो

काठमाडौं। टी-ट्वान्टी विश्वकप छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ। ओमानको अल अमिरात क्रिकेट ग्राउण्डमा फिलिपन्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङको निम्तो पाएको हो।

फिलिपिन्सविरुद्ध नेपालको प्लेइङ ११।

यो समूहमा तुलात्मक रूपमा कमजोर मानिएको फिलिपिन्सले हिजो भएको खेलमा क्यानडासँग ११८ रनको लज्जास्पद पराजय भोगेको थियो। नेपाल आज दोस्रो जितको खोजीमा हुनेछ। आज नेपालले फिलिपिन्सलाई हराए सेमिफाइनलमा स्थान पक्का गर्नेछ। आजको खेलमा नेपालले जितसँगै रनरेट बनाउनेतर्फ कोशिस गर्नुपर्ने हुन्छ। किनकि फिलिपिन्सलाई ठूलो अन्तरले हराएको क्यानडासँग राम्रो रनरेट छ।

नेपालसँग पराजित ओमानले पनि आजै क्यानडासँग खेल्नेछ। क्यानडाले ओमानलाई हराए नेपाल समूहमा शीर्ष स्थानमा पुग्नेछ। समूहमा क्यानडा र नेपालले दुई/दुई अंक जोडेका छन्।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved