यस कारण सम्भव हुन सक्छ नेपालकाे विश्वकप यात्रा

यस कारण सम्भव हुन सक्छ नेपालकाे  विश्वकप यात्रा

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिम हाल दोस्रो पटक टी–ट्वान्टी विश्वकप खेल्ने सपना देखिरहेको छ। शुक्रबार देखि शुरु हुने छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक ओमानको सामना गर्दैछ।

समूह चरणमा नेपालले ओमानसँगै क्यानडा र फिलिपिन्ससँग प्रतिस्पर्धा गर्नेछ। यो समूहका शीर्ष दुई टिमले अर्को समूहका शीर्ष दुई टिमसँग सेमिफाइनल खेल खेल्नेछन् भने फाइनल खेल्ने दुई टिम विश्वकपका लागि पनि छनोट हुने छन्।

विश्वकप छनोटअघि ओमानमा नै अभ्या सरह खेलिएको चारदेशीय सिरिजमा नेपाली टिमले यही छनोट प्रतियोगिताका लागि भनेर विभिन्न परीक्षण गरेको थियो। जसमा टी–ट्वान्टी क्रिकेटमा ओमानलाई पहिलो पटक हराउने उपलब्धि पनि हात पारेको छ।

सन् २०१४ मा पहिलो र पछिल्लो पटक विश्वकपमा लागि छनोट भएको नेपालका लागि यो पटक पनि सफल हुन सक्ने केही सकारात्मक कारण निम्न छन्।

ओपनिङ जोडिको शानदार इतिहास

यसअघिका प्रशिक्षक डेभ वाटमोर छोटो समय नेपाल बसे पनि उनले नेपाली क्रिकेटलाई विर्सन नसक्ने गुन लगाएर गएका छन्। उनले नेपाली क्रिकेटको सधैको टाउको दुखाईको बिषयको रूपमा रहेको ब्याटिङ पक्षलाई सुधार मात्र गरेनन्। झन ठूलो समस्याको रूपमा रहेको नेपालको अस्थिर र फ्लप ओपनिङ ब्याटिङ अर्डरलाई थिर र सफल पनि बनाए।

गत वैशाखमा नेपालमा नै भएको टी–ट्वान्टी ट्राई नेसन्स सिरिज वाटमोरले पहिलो पटक युवा खेलाडी आसिफ शेख र कुशल भुर्तेललाई ओपनिङ जोडिको रूपमा मैदानमा उतारेका थिए।
आक्रमक शैलीको खेल खेल्न रुचाउने यी दुबैले उक्त सिरिजमा उत्कृष्ट प्रदर्शन गरे। सफल ओपनिङका कारण नै सिरिजमा नेपलाले सुरुआती ब्याटिङ गरेको तिन खेलमा नै २०० प्लसको स्कोर बनाएको थियो।

नेपालले खेलेको नेदरल्याण्डस् र मलेशियासँगको सुरुआती दुबै खेलमा कुशल र आसिफको जोडिले सतकिय साझेदारी गरेका थिए।

यो सिरिजमा खेलेका पाँचै खेलमा यी दुई मध्ये कम्तीमा एक ओपनर चल्दा नेपालले यो सिरिजको उपाधि नै जित्यो भने नेपालको ओपनरको सधैको समस्या पनि टर्‍यो।

हालको राष्ट्रिय टिमको छनोटको आधारमा रहेको गत महिनाको प्रधानमन्त्री कपमा पनि दुई छुट्टा छट्टै टिमको ओपनर रहेका यी दुई मध्ये एपीएफ कल्बका आशिफ शेख प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए।

उनले एपीएफलाई उपाधि दिलाउन प्रतियोगिता भरि खेलेका ६ खेलमा कुल २२७ रन जोडेका थिए। त्यस्तै नेपाल पुलिस क्लबका कुशल भुर्तेल उत्कृष्ट ब्याटस्म्यान घोषित भए। अस्वस्थताका कारण फाइनल र सेमिफाइनल खेल गुमाएपनि चार खेलमा उनले १८२ रन जोडेका थिए।

‘फिएरलेस ब्याटिङ’ का कारण नै यो ओपनिङ जोडिले कमाल गरिरहेको छ।

तर विश्वकप अघिको चार देशिय सिरिज अन्तर्गत ओमान र युएईसँगको खेलमा भने कुशलको चारेटका कारउा यो जोडी टुट्न पुग्यो। र नेपालको ओपनिङ पनि जम्न सकेन। सिरिजको अन्तिम खेलमा आयरल्याण्ड विरुद्ध कुशलले राम्रै सुरुआत गरेका थिए भने तिनै खेलमा आशिफको प्रदर्शन मध्यम खालको थियो।

यदि ट्राई नेसन्स सिरिज र प्रधानमन्त्री कपमा जस्तै यो छनोट प्रतियोगितामा पनि यो ओपनिङ जोडि चेलेमा नेपललाई विश्वकपसम्मको यात्रा तय गर्न निकै सहज हुनेछ।

‘थ्रीडी’ खेलाडी दीपेन्द्रको उच्च फर्म

विश्वकप अघिको अभ्यास सिरिजमा नेपाली टिमले पाएको एक मात्र प्रमुख उपलब्धि भनेको दीपेन्द्र सिंह ऐरीको सान्दार फर्म मात्र हो। मध्यक्रमका ब्याटर दीपेन्द्रले यो सिरिजमा ‘थ्रीडी’ प्रदर्शन गरे। ब्याटिङमा मात्र होइन बलिङ र फिल्डिङमा पनि उत्कृष्ट खेल देखाए।

नेपालले यो सिरिजमा जितेको ओमानसँगको एक मात्र खेलमा लगभग दीपेन्द्र एक्लैले नेपालको फसिसकेको इनिङ्लाई तानेर जितसम्म पुर्‍याएका थिए। उक्त खेलमा उनले ५३ बलमा आठ चौका र एक छक्काको मद्दतले अविजित सर्वाधिक ७३ रनको योगदान गरेका थिए।

यनले युएईसँगको खेलमा ४१ र आयरल्याण्डसँगको २८ रन जोडेका थिए। आयरल्याण्डसँगको खेल हारेपनि दीपेन्द्र नै प्लेयर अफ दी म्याच घोषित भएमा। उक्त खेलमा उनले बलिङमा पनि सानदार प्रदर्शन गरेका थिए। उनले चार ओभर बलिङ गरेर मात्र २१ रन खर्चेर चार विकेट नै लिएका थिए।

यो सिरिजमा १४२ रन सहित उच्च रन स्कोररको सूचीमा पनि उनी पहिलो स्थानमा छन्।

गत महिनाको प्रधानमन्त्री कपमा पनि उनले ६ खेलमा दुई अर्धसतक प्रहार गरेका थिए प्रतयोगिताको सर्वाधिक १४ विकेट लिने खेलाडी बनेका थिए। नेपालका मध्यक्रममा ब्याटर दीपेन्द्र सिंह ऐरी खेलमा नेपाली इनिङ्लाई जोगाउने मात्र होइन ब्याटिङ र बलिङ दुबैमा गम चेन्जर बन्न सक्ने खेलाडी हुन्।

फिनिसरको रूपमा लोकेश बमले देखाएको आशा

बिशेषगरि टी–ट्वान्टी क्रिकेटमा फिनिसरको भूमिका महत्वपुर्ण भूमिका रहन्छ। इनिङको अन्त्यतिर ब्याटिङमा आएर लामा सट मार्फत थोरै बलमा धेरै रन जोड्ने काम फिनिसरको हुन्छ। जसलाई संबेदनशिल खेल खेल्न भन्दा पनि बिष्फोटक ब्याटिङ गर्ने छुट प्रशिक्षकले दिएका हुन्छन्।

नेपालका प्रशिक्षक पुबुदुले क्रिजमा पुगेपछिको पहिलो बलदेखि चुट्ने छुट दिएका नेपाली ब्याटर हुन् लोकेश बम। आक्रमक ब्याटिङ शैलीका कारण नै उनलाई आफ्नो नेचुरल खेल खेल्ने स्वतनत्रता छ।
घरेलु क्रिकेटमा नेपालका लागि उत्कृष्ट फिनिसर बन्ने सक्ने संकेत देखाएका कारण नै उनले राष्ट्रिय टिममा ठाउँ पाएका हुन्। लोकेशलाई नेपाली क्रिकेटमा हालसम्म कै आक्रमक ब्याटरको रूपमा हेरिएको छ।

प्रधानमन्त्री कपमा एपीएफ क्लबलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका उनलाई आर्मीविरुद्ध सेमिफाइनलको एक विष्फोटक इनिङले नै उनलाई राष्ट्रिय टिममा भित्राएको थियो।

उक्त खेलमा मात्र १४ बलमा अर्धसतक बनाएका उनले १८ बलमा नौ छक्का र दुई चौकाको मद्दतले ६६ रन बनाएका थिए। त्यस्तै उनले बागमती प्रदेशसँगको खेलमा पनि २१ बलमा अर्धसतक पुरा गरेका थिए। हार्ड हिटर लोकेश बमले अन्तराष्ट्रिय डेब्यू खेलमा पनि राम्रो प्रदर्शन गरेका थिए।

युएईसँगको खेल नेपालले हारेपनि उनले सोचे अनुसार कै आक्रमक पारि खेलेका थिए। पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका उनले २१ बलमा दुई चौका र दुई छक्काको मद्दतले ३३ रन जोडेका थिए। यसपछि आयरल्याण्डसँग भने पुबुदुले परीक्षण स्वरूप उनलाई तेस्रो नम्बरमा ब्याटिङ गर्न पठाएका थिए।

तर उनको ठाउँ मिडिल अर्डरमा नै हो जहा लामा प्रहार मार्फत गेम चेन्जरको भूमिका उनले निभाउनेछन्।

विश्वकपको फरक छनोट शैली

अघिल्ला विश्व कपमा छनोट प्रतियोगिता लिगका आधारमा हुन्थे। धेरै टिमलाई राउण्ड रोविन लिग खेलाएर आईसीसीले शीर्ष स्थानमा रहने निश्चित टिमलाई छनोट गथ्र्यो। जसका लागि टिमले प्रतियोगिता अवधिभर लगातार राम्रो प्रदर्शन गर्नुपर्थ्यो।

तर यो पटक लिग कम नक आउटका आधारमा छनोट प्रतियोगिता खेलाइदैछ। समूह चरणमा रहेका चार टिम मध्ये दुई टिमले फाइनल खेल्नेछ। नेपाल रहेको समूहमा नेपालसँगै ओमान, क्यानडा र फिलिपिन्स रहेका छन्।

यो पटक छनोटका लागि नेपालले तिन खेल जिते पुग्छ। तुलनात्मक हिसाबले यो समूहमा क्यानडा र फिलिपिन्स कमजोर छन्। त्यसैले नेपाल र ओमानलाई सेमिफाइनल पुग्ने टिमको रूपमा हेरिएको छ। समूह चरण पार गर्न नेपाललाई खासै गाह्रो नपर्ने देखिन्छ।

मुख्य कुरा सेमिफाइनलको एक खेलमा नेपालले उच्च प्रदर्शन गर्न सके विश्वकपमा पुग्न सक्छ।

छनोट प्रतियोगितामा बलिया मानिएका चार टिम नेपाल, आयरल्याण्ड, ओमान र युएईले नै अभ्यास स्वरूप चार देशिय सिरिज खेलेका थिए। र यीनै चार टिम मध्येका दुई टिम विश्वकपका लागि छनोट हुने सम्भावना प्रबल छ।

यो सिरिजबाट यी चारै टिम १९–२० छन् र जुन टिमले जसलाई पनि हराउन सक्छ भन्ने प्रमाणित भैसकेको छ। फेरी टी–ट्वान्टी आफैमा यस्तो शैली हो जसमा त्यो एक दिन जुन टिमको पनि भाग्य चल्न सक्छ।

पुबुदु फ्याक्टर

पुबुदु नेपाली क्रिकेटका गुडलक नै हुन। दुबै पटक नेपालको प्रशिक्षक भएर आउँदा नेपाली क्रिकेटका लागि उनी निकै भाग्यमानी साबित भएका छन्। पहिलो पटक सन् २०१४ मा नेपालको विश्व कप खेल्ने सपना उनले नै साकार पारेका थिए।

दोस्रो पटक पनि आउने वितिक्कै उनले मध्यस्तकर्ताको भूमिका निभाउँदै नेपाल क्रिकेट संघ(क्यान) र खेलाडीहरू बिच चलिरहेको ठूलो विवादको अन्त्य गराएका थिए।

सन् २०११ मा पहिलो पटक नेपाल आएका उनले नेपाली राष्ट्रिय टिमसँग करिब साढे दुई वर्ष एउटै उद्धेश्य र योजनामा केन्द्रित भएर अनबरत रूपमा काम गरे। फलस्वरूप नेपाललाई पहिलो पटक, सन् २०१४ मा टी–ट्वान्टी विश्व कप खेलाउन उनी सक्षम भएका थिए। जुन नेपाली खेलहुद इतिहास कै सबैभन्दा सफल क्षण थियो।

यसपटकको विश्वकप छनोटमा पनि पुबुदुको गुडलक फ्याक्टरले काम गर्ने समर्थकको विश्वास छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved