माछा मार्ने क्रममा करेन्ट लागेर बालकसहित २ जनाको मृत्यु

नेपालभ्युज

माछा मार्ने क्रममा करेन्ट लागेर बालकसहित २ जनाको मृत्यु
बुटवल । पाल्पाको तिनाउ गाउँपालिकामा करेन्ट लागेर एक जना बालक सहित दुई जनाको मृत्यु भएको छ। बिहीबार बेलुकी ७ बजेतिर तिनाउ–२, स्थित दोभान खोलामा माछा मार्ने क्रममा दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
तिनाउ गाउँपालिका–२, खुलखुलेका २० वर्षका सुरज सुनार र सुरजका भाइ १४ वर्षका राकेश सुनारको करेन्ट लागेर मृत्यु भएको हो। स्थानीय तिनाउ–१, बेलदमार बस्ने पदमबहादुर चिदीको घरबाट तार जोडेर माछा मार्ने क्रममा दाजुभाइलाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान कार्य चलिरहेको त्वातीले बताए।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved