कोरोनाबाट ११ हजार ९ सय बढीको मृत्यु, औसत संक्रमण दर भने ओरालो लाग्यो

नेपालभ्युज

कोरोनाबाट ११ हजार ९ सय बढीको मृत्यु, औसत संक्रमण दर भने ओरालो लाग्यो

काठमाडौं । नेपालमा हालसम्म ११ लाख १२ हजार ५ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज मन्त्रालयले जारी गरेको विशेष बुलेटिनमा मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले हालसम्म ११ हजार ९ सय ५ जना कोरोना संक्रमितको निधन जानकारी दिइन्।

यो हप्तामा ५८ हजार ७ सय ६४ जनामा आरटी पीसीआर गरिएको उनले बताइन्। जहाँ पाँच हजार ४ सय २८ संक्रमण पुष्टि भएका छन्। साथै औसत संक्रमणदर ९ दशमलव चार प्रतिशत रहेको र यो गत हप्ताको तुलनामा ११ दशमलव ३ प्रतिशतले कम भएको पनि मन्त्रालयकी प्रवक्ता मिश्रले बताइन्।

त्यस्तै गत २४ घण्टामा गरिएको ९ हजार ७ सय ५६ परीक्षणबाट ६ सय ३९ संक्रमित थप भएका छन्। त्यस्तै यो अवधिमा १६ सय जना संक्रमणमुक्त पनि भएका उनले जानकारी गराइन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved