खोपमा गम्भीर लापरबाही, हराएको भन्दा बढी भेटियो (हेर्नुस् छानबिन प्रतिवेदन)

नेपालभ्युज

खोपमा गम्भीर लापरबाही, हराएको भन्दा बढी भेटियो (हेर्नुस् छानबिन प्रतिवेदन)

काठमाडौं। कोभिड १९ विरुद्धको खोप छानबिन समितिले खोप वितरणमा गम्भीर लापरबाही भएको निष्कर्ष निकालेको छ।

केही समयअघि स्वास्थ्य सचिव डा. रोशन पोखरेल स्वयंले २४ लाख बढी खोपको तथ्यांक नभेटिएको बताएका थिए। उनको उक्त अभिव्यक्तिपछि खोप वितरणबारे प्रश्नहरू उठेका थिए। चौतर्फी विरोध भएपछि मन्त्रालयले डा. गुणराज लोहनीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको थियो।

उक्त समितिले खोप वितरणमा गम्भीर लापरबाही भएको देखाएको हो। समितिको प्रतिवेदनअनुसार हराएको भन्दा ४ लाख ५५ हजार ३५५ डोज खोप बढी भेटिएको छ। २४ लाख डोज खोपको तथ्यांक नभेटिएको भनिएकोमा तथ्यांकविहीन २९ लाख ४ लाख ५५ हजार ३५५ मात्रा खोप भेटिएको छ।

जसमा खेर गएको भनिएको ५६ हजार ९०८ डोज खोप जोड्दा ५ लाख १२ हजार २६३ डोज खोप बढी देखिन्छ। सरकारले खोप निःशुल्क भएपनि केही व्यक्तिहरूले खोप लगाए बापत पैसा लिएको गुनासोहरू समेत सुनिएको प्रतिवेदनमा उल्लेख छ।

त्यसैगरि, लक्षित वर्ग बाहेकले पनि खोप लगाएको, मौज्दात राम्रोसँग नभएको, बुस्टर मात्रा लगाउनेसम्बन्धी आधिकारिक निर्णय नहुँदै केही व्यक्तिले पहिलो खोप भनी बुस्टर डोज लगाएको, खोप अभियान पूर्ण व्यवस्थित गर्न नसिकएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

छानबिन समितिको प्रतिवेदनः

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved