कर्णालीमा बन्दको प्रभाव, यातायातका साधन चलेनन्

बन्दका कारणले यहाँका लामो तथा छोटो दूरीका सवारी साधन, स्कुल र बजार बन्द रहेको छ।

नेपालभ्युज

कर्णालीमा बन्दको प्रभाव, यातायातका साधन चलेनन्

सुर्खेत। कर्णालीमा विभिन्न ६ राजनीतिक दलले गरेको नेपाल बन्दको प्रभाव परेको छ।

अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा ६ ओटा राजनीतिक दलले गरेको नेपाल बन्दको प्रभाव कर्णालीमा परेको हो।

बन्दका कारणले यहाँका लामो तथा छोटो दूरीका सवारी साधन, स्कुल र बजार बन्द रहेको छ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट बाहिरिने र भित्रने कुनै सवारी साधन र कर्णालीका सबै जिल्लामा यातायातका साधन बिहानैदेखि चल्न नसकेको कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) भूवनेश्वर तिवारीले बताए।

“बजार क्षेत्रमा केही सवारी साधन गुडेका छन्,” एसपी तिवारीले भने, “बजार क्षेत्रमा दुई पांग्रे र केही साना सवारी सञ्चालनमा रहे पनि अघिल्लो दिनको तुलनामा कम सवारी गुडिरहेका छन्।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved