२१ किलो चाँदीका गरगहनासहित दुई जना पक्राउ

नेपालभ्युज

२१ किलो चाँदीका गरगहनासहित दुई जना पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले २१ किलो चाँदीका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ। चाँदीका गहनालगायतका सामग्रीसहित साबिकको नारायणपुर गाविस–९ कैलाली घर भई हाल दाङको तुल्सीपुर उपमहानगरपालिका–१७ बस्ने डम्बरप्रसाद ढुंगाना र चालक टिकापुर नगरपालिका–९ कैलाली घर भई हाल वीरेन्द्रनगर नगरपालिका–४ एरिचोक सुर्खेत बस्ने २६ वर्षीय दिपक पाण्डे पक्राउ परेका हुन्।

दैलेख प्रहरी प्रमुख भुवनेश्वरप्रसाद साहका अनुसार सुर्खेतबाट दैलेख जाँदै गरेको भे १ च ३२१३ नम्बरको डबल क्याप बोलेरोमा अवैध सामान ल्याईदैँछ भन्ने सूचनाका आधारमा करिब ५५ लाख ४० हजार एक सय ३९ मूल्य बराबर चाँदीका गहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख भुवनेश्वरप्रसाद साहले बताए।

‘अन्दाजी २४ लाख ७६ हजार ६ सय ५० रुपैयाँ बराबरको २१।७२५ किलोग्राम चाँदीका गहनाहरु पोते, पत्थरहरु र गहना राख्न प्रयोग हुने डिम्बाहरु अन्दाजी एक लाख ६३ हजार ४ सय ८९ रुपैयाँ मुल्य बराबरको सामग्री बरामद गरिएको छ।’ उनले भने, ‘२९ लाख मुल्य बराबरको भे १ ज ३२१३ नम्बरको डवल क्याप बोलेरो गाडीसमेत नियन्त्रणमा लिईएको छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved