विश्वभर २४ घण्टामा २५ लाखले जिते कोरोना

नेपालभ्युज

विश्वभर २४ घण्टामा २५ लाखले जिते कोरोना

काठमाडौं। विश्वभर कोरोना सङ्क्रमण हुनेभन्दा निको हुने दर बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा १४ लाख नयाँ सङ्क्रमित थपिँदा २५ लाख निको भएको वल्डोमिटरले जनाएको छ।
पछिल्ला दिनमा विश्वभर सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको छ। अहिले विश्वभर ७ करोड २३ लाख सक्रिय सङ्क्रमित रहेका छन्। जसमध्ये ५ हजारको अवस्था जटिल रहेको र बाँकीको सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

पछिल्लो २४ घण्टामा थपिएका १४ लाख सङ्क्रमितसँगै विश्वभर कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ४१ करोड ३६ लाख पुगेको छ। जसमध्ये ३३ करोड ५४ लाख निको भइसकेका छन् भने ५ लाख ४२ हजारको मृत्यु भएको छ। गत २४ घण्टामा मात्रै ७ हजारको मृत्यु भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved