लुम्बिनीमा विद्यालय खोल्ने विषयमा आफैं निर्णय लिन प्याब्सनको आग्रह

नेपालभ्युज

लुम्बिनीमा विद्यालय खोल्ने विषयमा आफैं निर्णय लिन प्याब्सनको आग्रह
सांकेतिक तश्वीर

बुटवल । लुम्बिनी प्रदेश सरकारले मंगलबार स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ। तर, प्याब्सन लुम्बिनी प्रदेशले विद्यालयहरु बन्द हुने या नहुने विषयमा विद्यालयलाई आफ्नो स्वनिर्णय प्रयोग गर्न छुट दिएको छ।

प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डेले प्रदेश सरकारले दिएको सार्वजनिक बिदाको विषयमा कुनै टिप्पणी गरेनन्। उनले कोरोनाको कारणले लामो समयसम्म बन्द रहेका विद्यालयहरु पुन बन्द नगर्ने विषयमा पटक-पटक गुनासो आएकोले स्वनिर्णय गर्न भनिएको बताए।

”परीक्षाको मिति नजिकिदैछ, कोर्स सक्नुपर्छ भन्ने गुनासाहरु आए, त्यही भएर स्वनिर्णय गर्न भनेका हौं। यसैपनि प्याब्सनले नपढाउनुस भन्न मिल्छ, तर पढाउनुस भन्न मिल्दैन,” उनले भने।  लुम्बिनी सरकारले स्थापना दिवस दाङमा मनाउने भएकोले बुटवल क्षेत्रका विद्यालयले अध्यापनको रुचि देखाएका छन्।

त्यसैले स्वनिर्णय गर्न विद्यालयलाई भनिएको पाण्डेले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved