प्रणय दिवसमा वर्षालाई ‘माया लाइदेउन’ भन्दै पल

म्युजिक भिडिओमा पल शाह र वर्षा राउतको अभिनय हेर्न सकिन्छ।

नेपालभ्युज

प्रणय दिवसमा वर्षालाई ‘माया लाइदेउन’ भन्दै पल

काठमाडौं। प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ को कोसेलीस्वरूप अमेरिकाको पेन्सलभेनियामा बस्दै आएका गायक पूर्ण लामिछाने ‘अविरल’ले नयाँ साङ्गीतिक सौगात ‘माया लाइदेउन’ सार्वजनिक गरेका छन्।

प्रेमिल शैलीको यस गीतमा गायिका मेलिना राई र गायक लामिछानेको स्वर सुन्न सकिन्छ। ‘खोजी रा छु मनकारी तिमी हो कि होइन?, यो भाग्यमा के लेख्या छ केही थाहा छैन’, ‘आकाशकी जुन हौँ कि धरती कि परी, रातो दिन तिमीलाई यो मुटु भरी’ लगायत माया पिरतीका गीत भिडियोमा समेटिएका छन्।

गायक लामिछानेकै शब्द रहेको गीतलाई सङ्गीतकार शङ्कर थापा ‘स्माइल’ले सङ्गीत संयोजन गरेका हुन्। सुबोल थापाले कोरियोग्राफी गरेको यस भिडिओलाई बुद्ध थापाले छायाङ्कन गरेका छन्। भिडिओमा विकास धमलाको सम्पादन रहेको छ।

म्युजिक भिडिओमा पल शाह र वर्षा राउतको अभिनय हेर्न सकिन्छ। पबी भट्टराई निर्मात्री रहेको भिडिओलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो। भिडियो ‘नमस्ते प्लस’ नामक युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved