धनगढी । साईपाल गाउँपालिकामा आइतबार नेपाली सेनाको हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी भएको छ। गएको साता भएको हिमपातका कारण बाटो अवरुद्ध भएपछि चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको साईपाल गाउँपालिकामा खाद्यान्न अभाव भएपछि आईतबार गृह मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गरेको हो।
गाउँपालिका जाने मुल घोडेटो बाटोमा हिमपात भएपछि अबरुद्ध भएपछि खाद्यान्न ढुवानीमा समस्या भएको थियो। साईपाल गाउँपालिकाको वडा –३ को काडामा ६४ कट्टा, ५ न्युनामा ६८ कट्टा र ४ घुलीमा ६७ कट्टा गरी झण्डै ६५ क्यीन्टल चामल ढुवानी गरिएको साईपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताए।
साईपाल गाउँपालिकामा अब बाटो नखोलुन्जेलसम्मका लागि खाद्यान्न अभाव टरेको उनको भनाइ छ। यसअघि साईपाल गाउँपालिकामा खच्चर तथा भेडामार्फत ढुवानी गर्दै आएको भएपनि साईपाल गाउँपालिकामा एक साता अघिसम्म खाद्यान्न ढुवानी हुन नसक्दा भोकमरी हुने चिन्ता बढेको थियो।
Facebook Comment
Comment