राप्रपा त्यागेका कमल थापा फेरि ‘राप्रपा नेपाल’को अध्यक्ष

नेपालभ्युज

राप्रपा त्यागेका कमल थापा फेरि ‘राप्रपा नेपाल’को अध्यक्ष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएका राप्रपाका पूर्वअध्यक्ष ‘राप्रपा नेपाल’ नामक अर्को राजनीतिक दलको अध्यक्ष भएका छन्। उनी अध्यक्ष भएको दल निर्वाचन आयोगमा पहिल्यै दर्ता भइसकेको र पार्टीका अध्यक्ष लाक्पा शेर्पा थिए।

२०७३ सालमा पशुपतिशम्शेर राणाले नेतृत्व गरेको राप्रपासँग एकता गर्नुपूर्व थापा यसै पार्टीका अध्यक्ष रहेका थिए। पछि उनका नजिककाहरूले यस पार्टी निर्वाचन आयोगमा दर्ता गराएका थिए।

शेर्पाले पार्टीको नेतृत्व छाडेर थापालाई सुम्पिएका हुन्।

केही दिनअघि थापाले गृहजिल्ला मकवानपुरमा लिङ्देन अध्यक्ष रहेको राप्रपा नेपाल परित्याग गरेको घोषणा गरेका थिए। उनले त्यसबेला अन्य पार्टीमा जानेबारे नखुलाए पनि राजनीतिक यात्रा भने नरोकिने बताएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved