जबराले राजीनामा नदिएपछि बाध्य भएर महाअभियोग दर्ता गर्‍यौँ : देव गुरुङ

गुरुङले प्रधानन्यायाधीश जबराको छवि र निष्पक्ष न्यायालयमाथि प्रश्न उठे पनि संवैधानिक व्यवस्थाअनुसार जबराले मार्गप्रशस्त नगरेपछि महाअभियोग दर्ता गराएको बताए।

नेपालभ्युज

जबराले राजीनामा नदिएपछि बाध्य भएर महाअभियोग दर्ता गर्‍यौँ : देव गुरुङ

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का सांसद् देव गुरुङले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा नदिएपछि बाध्य भएर महाअभियोग दर्ता गरेको बताएका छन्। सत्ता गठबन्धनका दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सांसद्हरूले आइतबार एक्कासी सचिवालयमा संसद् सचिवालयमा महाअभियोग दर्ता गरेका छन्।

महाअभियोग दर्तापछि पत्रकारहरूबीच प्रतिक्रिया दिँदै सांसद् गुरुङले प्रधानन्यायाधीश जबराको छवि र निष्पक्ष न्यायालयमाथि प्रश्न उठे पनि संवैधानिक व्यवस्थाअनुसार जबराले मार्गप्रशस्त नगरेपछि महाअभियोग दर्ता गराएको बताए। ‘‘संविधानको मूल्यमान्यताअनुसार मार्गप्रशस्त गर्ने व्यवस्था भए पनि पटकपटक आग्रह गरे पनि प्रधानन्यायाधीश निकाश दिन तयार नभएपछि बाध्यात्मक अवस्थामा महाअभियोग दर्ता गरेका हौँ।”

न्यायपालिका डेडलक भइसकेकाले यसबाट संविधान र गणतन्त्र संकटमा पर्ने भएकाले न्यायालयको छवि कायम राख्न अन्य सांसद्ले पनि यसमा समर्थन गर्ने उनले बताए। महाअभियोग पारित गर्न दुईतिहाई सांसद्को समर्थन आवश्यक पर्नेमा अहिले ९८ जना सांसद्ले उक्त महाअभियोग दर्ता गराएका हुन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved