यूईएविरुद्ध टस जितेर नेपालले बलिङ रोज्यो, तीन खेलाडी परिवर्तन

नेपालभ्युज

यूईएविरुद्ध टस जितेर नेपालले बलिङ रोज्यो, तीन खेलाडी परिवर्तन

काठमाडौं । चार देशीय टी–ट्वान्टी सिरिजको दोस्रो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै छ। केही बेरमा शुरु हुने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ।

सिरिजको पहिलो खेलमा ओमानमाथि ६ विकेटको शानदार जित निकालेको नेपाल दोस्रो खेलमा उच्च मनोबलका साथ अल अमिराद स्टेडियम मैदानमा उत्रिँदैछ।

आजको खेलमा नेपालका लोकेश बमले डेब्यु गर्दै छन्। बमसँगै स्पिनर साहब आलम र जितेन्द्र मुखियालाई आजको खेलमा मौका दिइएको छ। ब्याट्सम्यान प्रदीप ऐरी, स्पिनर सागर ढकाल र फास्ट अभिनास बोहोरालाई आज मौका दिइएको छैन।

यूएईसँगको टी-ट्वान्टी प्रतियोगितका यसअघि भएका तीन खेलमा नेपालले २ मा जित निकालेको थियो।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved