जनयुद्ध दिवसमा मधेश प्रदेशमा सार्वजनिक बिदा

नेपालभ्युज

जनयुद्ध दिवसमा मधेश प्रदेशमा सार्वजनिक बिदा

जनकपुरधाम । मधेश प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा १ फागुनमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ। आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले आज साँझ प्रेस विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएका हुन्।

विगत तीन वर्षदेखि ५ माघलाई मधेश बलिदानी दिवसको रूपमा मनाउँदै आएको मधेश प्रदेश सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिन लागेको यो पहिलोपटक हो।  दिवसका अवसरमा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयअन्तर्गतको मधेशी सहिद प्रतिष्ठानले विशेष कार्यक्रम आयोजना गर्दैछ। यस कार्यक्रमलाई पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सम्बोधन गर्ने मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए।

शहीद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गरेर दिवस मनाइने प्रदेश सरकारले जनाएको छ। पहिलो चरणमा प्रदेशको आठवटै जिल्लाका ४० सहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गरिने महतोले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved