विराट कोहली डकआउट

क्रिकेटको तीनओटै फर्म्याटमा गरी कोहलीले ७० अन्तर्राष्ट्रिय शतक पार गरेका छन्। तर विगत दुई वर्षदेखि ७१ औँ शतकको लागि संघर्ष गरिरहेका कोहली खराब फर्मबाट चलिरहेका छन्।

नेपालभ्युज

विराट कोहली डकआउट

काठमाडौं। वेष्ट इन्डिजसँगको तेस्रो एक दिवशीय खेलमा स्टार ब्याट्सम्यान विराट कोहली डकआउट भएका छन्।

गत दुई वर्षदेखि शतकको प्रतीक्षामा रहेका कोहली अहमदावादमा जारी यस खेलमा एक रन पनि नजोडी पेभोलियन फर्किए। क्रिकेटको तीनओटै फर्म्याटमा गरी कोहलीले ७० अन्तर्राष्ट्रिय शतक पार गरेका छन्। तर विगत दुई वर्षदेखि ७१ औँ शतकको लागि संघर्ष गरिरहेका कोहली खराब फर्मबाट चलिरहेका छन्।

वेष्ट इन्डिजसँगको तीन म्याचको शृंखला भारतले २-० ले जितिसकेको छ। अघिल्ला दुई खेलमा पनि व्यक्तिगत ८ र १८ रनमा आउट भएका थिए। आज उनलाई चौथो ओभरमा वेष्ट इन्डिजका फास्ट बलर अलजाइरी जोसेफले आउट गरे।

उनी आफ्नो दोस्रो बलमा आउट भएका हुन्। यसै ओभरमा जोसेफले भारतका ओपनर रोहित शर्मालाई पनि व्यक्तिगत १३ रनमा आउट गर्दा भारतले १६ रनमा दुई विकेट गुमाइसकेको छ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved