भारतसँग जोडिएका कञ्चनपुर, बैतडी र दार्चुलाका नाका चार दिनका लागि बन्द

नेपालभ्युज

भारतसँग जोडिएका कञ्चनपुर, बैतडी र दार्चुलाका नाका चार दिनका लागि बन्द

धनगढी। भारतको उत्तराखण्ड प्रदेशसँग जोडिएका सुदूरपश्चिमका नाका चार दिनका लागि बन्द हुने भएका छन्। भारतको उत्तराखण्डमा हुने विधानसभा निर्वाचनका लागि नेपालसँग जोडिएका सीमानाका बन्द हुने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ।

उत्तराखण्डमा हुने विधानसभा निर्वाचनका लागि कञ्चनपुरको गड्डाचौकी नाका आज साझ ६ बजेदेखी बन्द हुने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले बताए। उनकाअनुसार २८ माघ साँझ ६ बजेदेखि २ फागुन साँझ ६ बजेसम्मका लागि नाका बन्द हुनेछन्।

त्यसैगरी बैतडीको झुलाघाट, दार्चुलाको लाली, जोलजीवी, दत्तु, खलंगालगायतका भारतसँग जोडिएका नाका बन्द हुनेछन्।

निर्वाचनको सुरक्षा संवेदनशीलताका कारण दुवै देशको सहमतिका नाका बन्द गरिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved