अनन्त तामाङ भारतको आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी

अनन्त आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन्।

नेपालभ्युज

अनन्त तामाङ भारतको आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर अनन्त तामाङ भारतको इन्डियन सुपर लिग (आईएसएल) क्लब स्पोर्टिङ क्लब इस्ट बंगालमा अनुबन्धित भएका छन्। अनन्त आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन्।

सेन्टर ब्याक अनन्तले यस सिजनको अन्तिमसम्मका लागि इस्ट बंगालसँग सम्झौता गरेका छन्। उनले थ्री स्टार क्लबमा शहीद स्मारक ए डिभिजन लिग खेलिरहेका थिए।

थ्री स्टारले अनन्तलाई आईएसएलका लागि फुकुवा समेत गरिसकेको छ। थ्री स्टारले शुक्रबार अनन्तलाई बिदाइ गर्ने कार्यक्रम छ। अनन्त आबद्ध  इस्ट बङ्गाल लिगको १० औँ स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved