पढाइ छाडेर भारत गएका १३ वर्षीया बालकलाई फर्काइयो

नेपालभ्युज

पढाइ छाडेर भारत गएका १३ वर्षीया बालकलाई फर्काइयो

धनगढी। पढाइ छाडेर भारत गएका डडेल्धुराका एक जना बालकलाई बागेश्वरी असल शासन क्लब (बास) नेपालले उद्धार गरेको छ। डडेल्धुराको पर्शुराम नगरपालिका-८ घर भएका १३ वर्षीया दिनेश धामीको गौरीफन्टा सीमा नाकाबाट उद्धार गरेको हो।

६ कक्षामै विद्यालय छोडेर एक वर्षअघि उनी भारत गएका थिए। पढाइ छाडेर बुबासँगै रोजगारीका लागि भारत गएका उनी शुक्रबार गौरीफन्टा नाका हुँदै नेपाल आएका थिए।

आर्थिक अभावले विद्यालय छाडेका दिनेश पुनः विद्यालय जाने सोच बनाएर नेपाल फर्किएका हुन्। भारतबाट आफन्तसंग नेपाल आएका उनी सिमामा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई होम आइसोलेशन सम्म पठाउन र लुगाकपडाका लागि बासले आर्थिक सहयोग गरेको हो।

सीमा नाकामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखाएपछि उनी समस्यामा परेका थिए। आर्थिक अभावले घर जान नसक्ने अवस्थामा रहेको बारे सीमा स्वास्थ्य चौकीले जानकारी गराएपछि धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा गाडी रिजर्भ गरेर होम आइसोलेसनका लागि घर सम्म जाने व्यवस्था गरिएको बासका स्वयंसेवक हरिकला जैशीले बताइन्।

उनलाई घर पठाएसँगै आइसोलेसनमा बस्न सम्बन्धित स्थानीय पालिकासँग समन्वय गरेको उनले बताइन्।

यस्तै बासले गौरीफन्टा सीमा नाकामा समस्यामा परेका महिला तथा बालबालिकाको उद्धार गर्दै आएको छ। हालसम्म ४ जना बालबालिका तथा महिलाको उद्धार गरिसकेको छ।

बासले युनिसेफ नेपालको सहयोगमा कर्णाली र सुदूरपश्चिम प्रदेशमा बाल संरक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ। सोहीअन्तर्गत बालवालिका सहयोग कार्यक्रमबाट उनलाई सहयोग गरी उद्धार गरिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved