गाउँपालिकाका अध्यक्षलाई प्रचण्डले पार्टी प्रवेश गराए

नेपालभ्युज

गाउँपालिकाका अध्यक्षलाई प्रचण्डले पार्टी प्रवेश गराए

बुटवल। रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

तत्कालीन फोरम लोकतान्त्रिकबाट गाउँपालिका अध्यक्षमा निर्वाचित शुक्ला पछि तत्कालीन नेकपामा प्रवेश गरेका थिए। शुक्लाले पार्टीमा चाकरी र चाप्लुसी सहन नसकेको भन्दै पार्टी परित्याग गरेका बताएका छन्।

उनीसहित वडाध्यक्ष श्रवणकुमार यादव पनि माओवादी प्रवेश गरेका छन्। शुक्ला र नेपाली कांग्रेसबाट निर्वाचित यादवलाई बिहीबार काठमाडौंमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराएका हुन्।

प्रवेश कार्यक्रममा प्रचण्ड, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीलगायत उपस्थित थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved