डीडीसीले भोलिदेखि बढायो दूधको भाउ, प्रतिलिटर ९ रूपैयाँ वृद्धि

नेपालभ्युज

डीडीसीले भोलिदेखि बढायो दूधको भाउ, प्रतिलिटर ९ रूपैयाँ वृद्धि

काठमाडौं। सरकारी स्वमित्वको दूग्ध विकास संस्थान (डीडीसी) भोलि (शुक्रबार) देखि लागू हुनेगरी दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाउने भएको छ। मूल्यवृद्धिसँगै अब एक लिटर दूधको मूल्य ८५ रुपैयाँ पुगेको छ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कच्चा दूधको न्यूनतम् मूल्य ५६ रुपैयाँ ४ पैसा निर्धारण गर्ने निर्णय गरेको थियो। यसअघि किसानले प्रतिलिटर ५३ रुपैयाँमा कच्चा दूध बिक्री गर्दैआएका थिए।

कच्चा दूधको मूल्य बढेसँगै डीडीसीले प्याकिङ दूधको मूल्य ९ रुपैयाँ बढाएको हो।

डीडीसीले  उपभोक्ता मूल्य  निर्धारण  गरिसकेपछि  त्यसैको  आधारमा  निजी  डेरी उद्योगीले पनि मूल्य निर्धारण गर्छन् । यसअघि  प्रशोधित दूधको  उपभोक्ता  मूल्य  प्रतिलिटर ७६ रुपियाँ थिया । त्यसमा नौ रुपियाँ वृद्धि गरी ८५ रुपियाँ बनाएको डीडीसीले जनाएको छ ।

वृद्धि भएको नौ रुपियाँमा प्रतिलिटर  ६.५२  रुपियाँ  किसानका लागि  वृद्धि  भएको  छ भने प्रतिलिटर२.४८ रुपियाँ उद्योगीका लागि वृद्धि भएको डीडीसीले जनाएको  छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved