विश्वभर कोरोना पुष्टि हुनेको संख्या ४० करोड नाघ्यो, ५७ लाखको मृत्यु

नेपालभ्युज

विश्वभर कोरोना पुष्टि हुनेको संख्या ४० करोड नाघ्यो, ५७ लाखको मृत्यु

काठमाडौं। विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५७ लाख ९३ हजार पुगेको छ। गत २४ घण्टामा मात्रै १० हजार ५ सय जना संक्रमितको मृत्यु भएको कोरोनाको तथ्यांक अद्यावधिक गर्दै आएको वल्डोमिटरले उल्लेख गरेको छ।

कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या ४० करोड नाघेको छ। विश्वभर ४० करोड ३३ लाख ७४ हजार २ जनामा संक्रमण पुष्टि भएको  वल्डोमिटरले जनाएको छ।

वल्डोमिटरका अनुसार गत २४ घण्टामा २३ लाख ६८ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। यस्तै कोरोना निको हुनेको संख्या ३२ करोड २९ लाख नाघेको छ।

२४ घण्टामा मात्रै २१ लाख ९२ हजारले संक्रमण जितेका छन्। अझै पनि विश्वभर ७ करोड ४६ लाख सक्रिय संक्रमित छन्। ९० हजारको अवस्था जटिल छ। बाँकीको अवस्था सामान्य रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved