काठमाडौं । सुजुकीले ग्राहकहरुको घरदैलोमै पुगेर गाडी मर्मत गर्नका लागि ‘वर्कसप अन ह्वील’ योजना शुरू गरेको छ । नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजीे होल्दिन्ग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस्तो योजना ल्याएको हो।
कम्पनीको अनुसार वर्कसप अन ह्वीलमा सबै आधुनिक प्रविधि र उपकरणहरू राखिएका छन् जसले सामान्य सर्भिस, मर्मत, तथा अरु गाडी सम्बन्धि कार्यहरु गर्ने छन्।
सुजुकीको अफ्टर सेल्स तथा पार्ट्सका महाप्रबन्धक श्याम श्रेष्ठले भने,“यो नयाँ पहल हाम्रो ग्राहकमाझमा ल्याउन पाउँदा हामी हर्षित छौ। यो चार पांग्रे सवारीमा निर्मित एउटा आधुनिक वर्कसप हो जसले ग्राहकको सर्भिस सम्बन्धी सबै कार्य गर्नेछ। यो सुबिधाले आपतकालीन सडक सहायता गर्नुको साथै ग्राहकको सुविधाजनक स्थानमा पुगेर सेवा दिनेछ।’’
यो सेवा हाल काठमाडौँ , पोखरा, भैरहवा र नारायणघाटमा उपलब्ध छ। चाडैं नेपालका प्रमुख शहरहरूमा सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ।
Facebook Comment
Comment