राम्रो काम गर्दागर्दै हटाउन खोजियो : चौलागाईं

नेपालभ्युज

राम्रो काम गर्दागर्दै हटाउन खोजियो : चौलागाईं

मकवानपुर । बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले आफूले राम्रो काम गर्दागर्दै पनि हटाउन खोजिएको आरोप लगाएका छन्।

बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले आफूलाई र कर्मचारीलाई हतोत्साहित बनाउने काम हुन थालेको बताएका हुन्।
‘४ वर्षका लागि प्रदेश युवा परिषद्को उपाध्यक्ष पदमा नियुक्त भएको मलाई राजनीतिक प्रतिशोधका आधारमा मन्त्रीस्तरीय निर्णय भन्दै स्पष्टिकरण सोधिएको छ’, उनले भने, ‘स्पष्टिकरणमा सोधिएको राजनीतिक र कानूनी प्रश्नहरुको सोही अनुसार जवाफ दिइरहेको छु।’ युवा तथा खेलकुद मन्त्री रत्न ढकालले आफूलाई हटाउन खोजेको उनको भनाई थियो।

सरकारले एक हप्ताभित्र मन्त्रीस्तरबाट र मन्त्रिपरिषद्को वैठकबाट भएको राजनीतिक नियुक्त खारेज गर्ने तयारी गरेको छ। चौलागाईंले २०७८ असार १ गतेबाट कार्यकारी उपाध्यक्षको रुपमा काम गरेका थिए।

उनले अन्तर्राष्ट्रिय युवा दिवसलाई साताव्यापी कार्यक्रम गरी भव्य मनाएको, ४४ जनालाई सहभागी गराइ महिलाका लागि आत्मरक्षा तालिम दिएको, चेलिबेटी बेचविखन, महिला हिंसा, जातीय तथा लैङ्गिक विभेद सम्बन्धि ३३० जनालाई तालिम दिइएको, लोगो तथा स्लोगन छनौटको काम गरेको उनले बताए।

युवाहरुको नेतृत्व र क्षमताका विकासका लागि सबै पालिकासंग समन्वय गरी १० हजार युवालाई क्षमता विकास तालिम दिने, ११९ स्थानीय तहमा प्रदेश स्वयमसेवक भर्ना गरी सामाजिक काममा लगाउने, ४ वर्षभित्र कम्तिमा ५ हजार जनालाई पूर्ण रोजगार हुने गरी सीपमुलक तालिम चलाउने योजना रहेको चौलगाईंले सुनाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved