एजेन्सी । इथियोपिया, केन्या र सोमालियासहित धेरै अफ्रीकी देशहरूमा पर्याप्त पानी नपर्दा भोकमरीको समस्या निम्तिएको छ। अन्नबाली फस्टाउन नसक्दा एक करोड़भन्दा धेरै मानिसहरूमा भोकमरीको मार परेको विश्व खाद्य कार्यक्रमले जनाएको छ।
विश्व खाद्य कार्यक्रमको पूर्वी अफ्रीका क्षेत्रका क्षेत्रीय निदेशक माइकल डनफर्डले ४० वर्षपछि यति खराब अवस्था निम्तिएको बताएका छन्। ‘‘इथियोपिया, केन्या र सोमालियाजस्ता अफ्रीकी देशहरूमा बारम्बार खडेरी परेका कारण अन्नबाली बर्बाद भएको छ। गाईवस्तु मरिरहेका छन् र भोकमरीको समस्या पनि बढ़िरहेछ,’’ डनफर्डले भने।
खडेरीका कारण धेरै मानिसहरू थातथलो छाडेर ह्डिन बाध्य भएका छन्। आउने दिनहरूमा पानीको संकट अझै बढेर जाने प्रक्षेपण गरिएका छ। जसकारण, भोकमरी बढ्ने अनुमान छ। संकटका कारण इथियोपियामा ५७ लाख, सोमालियामा २९ र केन्यामा २८ लाख मानिस भोकमरीबाट प्रताडित बनेको विश्व खाद्य कार्यक्रमले जनाएको छ।
Facebook Comment
Comment