स्थानीय तहको निर्वाचन वैशाख ३० गते

आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचनको घोषणा गरेको हो।

नेपालभ्युज

काठमाडौं। सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्नेगरी मिति तोकेको छ । निर्वाचन आयोगसँगको परामर्शमा उक्त मिति तोकिएको हो।

मन्त्रिपरिषद्को आजको बैठकले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी स्थानीय तहको निर्वाचनको घोषणा गरेको हो। मिति घोषणा गर्न मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग वैशाख ३० को मितिबारे सोधेको थियो । आयोगले सकारात्मक जवाफ दिएपछि मिति घोषणा गरेको हो ।

निर्वाचन आयोगले गत कात्तिकदेखि नै बैशाख मसान्तअघि चुनाव गरिसक्नुपर्ने विषयमा सचेत गराउँदै आएको थियो । आयोगका पदाधिकारीहरुले पहिलोपटक गत कात्तिक ८ गते भेटी निर्वाचनका सम्बन्धमा भएका संवैधानिक र कानुनी व्यवस्था बारेमा जानकारी गराएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

‘२०७४ वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोस्रो चरण र असोज २ गते तेस्रो चरणमा सम्पन्न भएकोमा पहिलो चरण २०७४ वैशाख ३१ गतेलाई आधार मानी स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्थाबमोजिम स्थानीय तहका सबै निर्वाचित पदाधिकारीहरुको कार्यकाल आगामी २०७९ जेठ ५ मा समाप्त हुने’ भनी जानकारी दिएको थियो ।

त्यसपछि आयोगले चार पटकसम्म निर्वाचनको मिति तोक्न ताकेता गरिरहेको थियो तर सत्तारुढ गठबन्धनका माओवादीकेन्द्र र नेकपा (एस)ले संवैधानिक व्यावधान देखाउँदै चुनावको मिति पछि सार्दै आएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved