ड्यानी अल्भेस चम्किँदा घरेलु मैदानमा एट्लेटिकोमाथि बार्सिलोना विजयी

नेपालभ्युज

ड्यानी अल्भेस चम्किँदा घरेलु मैदानमा एट्लेटिकोमाथि बार्सिलोना विजयी

काठमाडौं । बार्सिलोनाले गत वर्षको लिग विजेता एट्लेटिको मड्रडिमाथि उत्कृष्ट खेल पस्किँदै शानदार जित निकालेको छ।

घरेलु मैदानमा ४-२ ले जित निकालेको बार्सिलोनाका लागि चारै जनाले गोल गरे। खेलको आठौं मिनेटमा गोल खाएको बार्सिलोनाले त्यसको दुई मिनेटपछि बराबरी गर्न सफल भएको थियो। बार्सिलोनाका लागि जोर्डी अल्बाले उत्कृष्ट गोल गरे। ड्यानी अल्भेसको पासमा अल्बाले गोल गरे।

२१ औं मिनेटमा गाभीले गोल गर्दै बार्सिलोनालाई २-१ को अवस्थामा पुर्‍याएका थिए। त्यस्तै ४३ मिनेटमा बार्सिलोनाका डिफेन्डर अराउखोले हेडिङमार्फत गोल गर्दै टोलीलाई ३-१ को सहज अवस्थामा लगेका थिए।

६९ मिनेटमा विपक्षी खेलाडीलाई लडाएपछि रातोकार्ड पाएर मैदानबाहिर हुन पुगेका अल्भेसले त्यसअघि ४९ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई ४-१ को अवस्थामा पुर्‍याएका थिए। यद्यपि लुइस स्वारेजले ५८ औं मिनेटमा गोल गर्दै एट्लेटिको हार टार्न खोजे पनि त्यो पर्याप्त भएन।

जितसँगै बार्सिलोनाले ला लिगामा अंक सुधार गरेको छ। २२ खेलबाट ३८ अंक जोड्न सफल भएको छ। यता एट्लेटिको भने समान खेलबाट ३६ अंकमै खुम्चिन बाध्य भयो। लिगमा उसको यो छैटौं हार हो।

आज भएको अर्को खेलमा लिगको शीर्ष स्थानमा रहेको रियल मड्रिडले पनि जित दर्ता गरेको छ। रियलले पनि घरेलु मैदानमा मार्को असेन्सोको एक मात्र गोलमा ग्रानडामाथि जित निकाल्यो। योसँगै रियलले लिगमा २३ खेलबाट ५३ अंक जोड्न सफल भयो।

यता सेभिल्ला भने पछिल्ला तीन खेलमा लगातार बराबरीमा रोकिएको छ। ओसासुनाको मैदानमा सेभिल्ला गोलरहित रोकियो। यद्यपि ऊ २३ खेलबाट दोस्रो स्थानमा यथावत् रहन सफल भयो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved