राष्ट्रपति भण्डारीसँग एमाले अध्यक्ष ओलीले गरे भेटवार्ता

नेपालभ्युज

राष्ट्रपति भण्डारीसँग एमाले अध्यक्ष ओलीले गरे भेटवार्ता
फाइल तस्वीर ।

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेकी छन् । राष्ट्रपति निवास, शितलनिवासमा भएको उक्त भेटवार्तामा स्थानीय चुनाव घोषणामा सरकारले गरिरहेको विलम्बबारे छलफल भएको स्रोतले जनाएको छ।

अघिल्लो साता शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई डाकेर स्थानीय चुनाव समयमै गराउने गरी मिति घोषणा गर्न आग्रह गरेकी राष्ट्रपति भण्डारीले त्यसपछि पत्र नै लेखेर सरकारको ध्यानाकर्षण गरिसकेकी छिन् ।

राष्ट्रपतिको ध्यानाकर्षणपछि प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका थिए । उक्बीत छलफलमा ४ जेठमा स्थानीय तह निर्वाचन गर्ने सहमति बनेको आयोगले प्रेस विज्ञप्ति जारी गरी सार्वजनिक गरेको थियो तर त्यसको चार दिन बितिसक्दा पनि सरकारले अहिलेसम्म निर्वाचन मिति घोषणा गरेको छैन।

अघिल्लो साता प्रधानमन्त्रीसँगको छलफलमा राष्ट्रपति भण्डारीले ५ जेठअघि नै स्थानीय तहको निवार्चन सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गरेकी थिइन्। प्रधानमन्त्री देउवाले राष्ट्रपतिको आग्रहबारे सत्ता गठबन्धनका दलसँग छलफल गर्ने बताएका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved