कृष्णनगरका मेयर कांग्रेस प्रवेश, लुम्बिनी सभापति पुनले गरे स्वागत

नेपालभ्युज

कृष्णनगरका मेयर कांग्रेस प्रवेश, लुम्बिनी सभापति पुनले गरे स्वागत

बुटवल। कपिलवस्तु कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

स्वतन्त्र उम्मेदवारी दिएका उनी गत स्थानीय तहको निर्वाचन्मा कृष्णनगरको मेयरमा निर्वाचित भएका थिए।

आफ्नै निजी निवासमा औपचारिक कार्यक्रम आयोजना गरी उनी कांग्रेस प्रवेश गरेका हुन्। शाहलाई कांग्रेसका नवनिर्वाचित लुम्बिनी प्रदेश सभापति अमर पुनले पार्टीमा स्वागत गरेका हुन्।

लामो समयदेखि प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहसँग दूरी बढाएका नेता रजत स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा कांग्रेस प्रवेश गरेका हुन्। सांसद शाहकै पहलमा रजत पार्टी प्रवेश गरेका बुझिएको छ।

पछिल्लो समय दुईबीच आपसी सम्बन्ध प्रगाढ हुँदै गएको देखिन्छ। हिजो मात्रै शाहले कांग्रेस प्रवेश गर्ने भनी सामाजिक सञ्जालमा लेखेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved