चट्याङ परेपछि गौतम बुद्ध विमानस्थल बन्द, यात्रु समस्यामा

नेपालभ्युज

चट्याङ परेपछि गौतम बुद्ध विमानस्थल बन्द, यात्रु समस्यामा

तिलोत्तमा। गौतम बुद्ध विमानस्थल बन्द भएको छ। शुक्रबार परेको वर्षा, हावा र विमानस्थल नजिकै परेको चट्याङका कारण टावरमा समस्या आएपछि विमानस्थल बन्द गरिएको हो। दिउँसो ४ बजे टावर नजिकै परेको चट्याङले टावरमा धुवाँ उडेको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए।

साथै टावरको तार चुँडिएको र रन्वेको पापी (पीएपीआइ) लाइट बिग्रेको कारण विमानस्थल बन्द गरिएको दाहालले बताए। शनिबार लाइट बने राति अवतरण हुनेछ। अन्यथा भिओआर प्रविधिको प्रयोगबाट दिउँसो मात्र विमानस्थल सञ्चालनमा आउने सम्भावना रहेको उनले बताए। विमानस्थल बन्द भएपछि भैरहवा विमानस्थलबाट काठमाडौं जान पर्खेका यात्रु समस्यामा परेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved