रूसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

नेपालभ्युज

रूसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौँ। बेइजिङ हिउँदे ओलम्पिकमा विदेशी अतिथिको रूपमा सहभागी हुने क्रममा रसियाली राष्ट्रपति भ्लादमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ। दुई शक्तिशाली राष्ट्रका प्रमुखबीचमा शुक्रबार भेटवार्ता भएको हो।

रसियाले चीनमा प्राकृतिक ग्याँस आपूर्ति गर्नेलगायतका विषयमा दुई देशबीच सम्झौता हुने कार्यक्रम छ। भेटका अवसरमा रसियाले चीनलाई थप १० अर्ब क्युबिक मिटर प्राकृतिक ग्यास सहयोग गर्ने तयारी गरिरहेको राष्ट्रपति पुटिनले सिलाइ बताएका थिए।

यसअघि युक्रेन मामिलामा पश्चिमा देश र रसियाबीच तनाव बढिरहेका बेला अमेरिकाले ग्यास पाइपलाइन अवरोध गर्ने चेतावनी दिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved