अमेरिकी हमलामा आईएसका नेता इब्राहिम कुरैशीको मृत्यु

नेपालभ्युज

अमेरिकी हमलामा आईएसका नेता इब्राहिम कुरैशीको मृत्यु

एजेन्सी । उत्तरी सिरियामा अमेरिकी स्पेशल फोर्सको हवाई हमलामा परेर इस्लामिक स्टेट (आईएस) का कमान्डर इब्राहिम अल हाशमी अल कुरैशी मारिएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले यस्तो जानकारी दिएका हुन्।

उनले कुरैशीको मृत्युपछि संसार सुरक्षित बनेको दाबी गरे। हमलामा आईएसका सहायक पनि मारिएको बताइएको छ । तर, बाइडेनले ती सहायकको नाम भने बाइडेनले लिएका छैनन्।

बाइडेनका अनुसार अमेरिकी सैनिकहरूले कुरैशी बसेको ठाउँमा छापा हान्नका लागि एक महीनादेखि तयारी गरिरहेका थिए। हेलिकोप्टरबाट गएका २४ जना अमेरिकी कमाण्डोले यो काम पूरा गरेको उनले बताएका छन्।

यस दौरान रिपर ड्रोन्स पनि प्रयोग गरिएको उनले बताएका छन् । सन् २०१९ मा अमेरिकी सेनाले यस्तै कारबाही गर्दा आईएसआईएसका प्रमुख अबु बकर अल बग्दादी मारिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved