स्थगित लोकसेवाका परीक्षा ६ फागुनदेखि

नेपालभ्युज

स्थगित लोकसेवाका परीक्षा ६ फागुनदेखि

काठमाडौं। लोकसेवा आयोगले स्थगित परीक्षाहरू ६ फागुनदेखि  सञ्चालन गर्ने भएका छन्। कोरोना भाइरस बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४ माघदेखि स्मार्ट लकडाउनको निर्णय गरेपछि आयोगले निर्धारित सबै परीक्षा स्थगित गरेको थियो।

संक्रमणदर घट्दै गएपछि आयोगले पुन: परीक्षा सुचारु गर्ने निर्णय गरेको हो। आयोगले सार्वजनिक गरेको तालिकाअनुसार उपसचिव वा सो सरह (अप्राविधिक/प्राविधि), शाखा अधिकृत वा सो सरह (प्राविधि) र स्वास्थ्य सेवा तर्फ नवौं, आठौं र सातौं तहको विभिन्न पदका लिखित परीक्षाहरू सञ्चालन हुन लागेका हुन्।

आयोगले स्वास्थ्य मापदण्ड पालना गरी १४ बैशाख २०७९ सम्ममा सबै परीक्षा सम्पन्न गर्ने बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved