एजेन्सी। अफगानी विद्यार्थीहरूले देशभरका सबै सार्वजनिक विश्वविद्यालय पुनःखोल्ने तालिवान सरकारको निर्णयको स्वागत गरेका छन्। गत अगस्टमा तालिवानले सत्ता कब्जा गरेयता अफगानिस्तानमा विश्वविद्यालयहरू बन्द छन्।
“यस्ता निर्णय भएकोमा हामी खुसी छौँ। सबै विद्यार्थीले आफ्नो आशा पुनःप्राप्त गरेका छन्, “एक विद्यार्थी मोहम्मद सालेहले टोलो न्यूजलाई बताएका छन्। तालिवानको उच्च शिक्षा मन्त्रालयले देशका न्यानो क्षेत्रमा फेब्रअरी २ र चिसो क्षेत्रमा फेब्रअरी २६ देखि सबै सार्वजनिक विश्वविद्यालय खोल्ने जनाएको छ।
त्यसैगरी, विश्व विद्यालय भर्ना पनि फेब्रअरी २ बाट शुरु गरिनेछ। विश्वविद्यालयका प्रशिक्षक वर्गी खलिलले टोलो न्युजलाई भने, “उच्च शिक्षा मन्त्रालयको शैक्षिक पद्धतिमा कुनै परिवर्तन हुनु हुँदैन। हामी सकारात्मक परिवर्तन हुँदैन भनेर भन्दैनौँ, तर पहिलेको पद्धतिलाई निरन्तरता दिनुपर्छ।”
यसअघि इस्लामिक इमिरेट्सले पुरुष र महिला विद्यार्थीलाई छुट्ट्याउने योजना बनाएको बताएको थियो।
सामुदायिक विद्यालयमा छैठौं कक्षासम्म मात्र छात्रालाई पढ्न अनुमति दिइएको छ। बालिका विद्यालय बन्द भएपछि देशभित्र र अन्तरराष्ट्रिय समुदायबाट तीव्र आलोचना हुँदै आएको छ।
यसैबीच, स्कुलबाट बाहिर रहेका धेरै छात्राहरूले पनि विद्यालय पुन सञ्चालन हुनुपर्ने माग गरेका छन्।
Facebook Comment
Comment