महासंघ टोलीसँग नवनियुक्त राजदूतले भने- बेलायतसँग व्यापार सम्झौता प्राथमिकतामा

नवनियुक्त राजदूत आचार्यले आफ्नो कार्यकालमा नेपाल बेलायत व्यापार सम्झौता प्राथमिकतामा रहने बताए। “बेलायत अब इर्यूबाट हटिसकेपछि हामीले छुट्टै सम्झौताको कुरा उठाइरहेका छौँ,” उनले भने, “यो मेरो प्राथमिकतामा रहेको विषय हो।”

नेपालभ्युज

महासंघ टोलीसँग नवनियुक्त राजदूतले भने- बेलायतसँग व्यापार सम्झौता प्राथमिकतामा

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बेलायतसँग लगानी र व्यापार विस्तार प्राथमिकतामा रहनुपर्ने बताएका छन्।

बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसँगको भेटमा अध्यक्ष गोल्छाले पुरानो सम्बन्ध भए पनि बेलायतबाट न्यून लगानी भएको हुँदा सम्भावना पहिल्याउन सकिने बताए। भेटवार्तामा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल पनि उपस्थित थिए।

पछिल्लो समय व्यापार पूर्वाधारमा भइरहेको प्रगति, विद्युतको सहज आपूर्ति र श्रम सम्बन्धमा भइरहेको सुधारले नेपालमा लगानीको अवसर बढेको अध्यक्ष गोल्छाले बताए। “पूर्वाधार, श्रम सम्बन्ध, विद्युत आपूर्ति आदिमा उल्लेख सुधार भइरहेको छ,” उनले भने, ‘हामीले बेलायतमा यी विषय प्रस्तुत गर्न सक्नुपर्छ।”

नवनियुक्त राजदूत आचार्यले आफ्नो कार्यकालमा नेपाल बेलायत व्यापार सम्झौता प्राथमिकतामा रहने बताए। “बेलायत अब इर्यूबाट हटिसकेपछि हामीले छुट्टै सम्झौताको कुरा उठाइरहेका छौँ,” उनले भने, “यो मेरो प्राथमिकतामा रहेको विषय हो।”

राजदूत आचार्यले महासंघले तयार पारेको राष्ट्रिय आर्थिक रुपान्तरण (भिजन पेपर) र अतिकम विकसित मुलुकबाट स्तरोन्नति हँुदा निजी क्षेत्रमा पर्ने प्रभावबारे गरेको अध्ययनले आफूलाई निजी क्षेत्रको धारणा बुझ्न र यी विषयमा काम गर्न सहज हुने बताए।

महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले गैरआवासीय नेपालीहरूलाई नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्न अनुमति दिइएकोले यसको सदुपयोग गर्नुपर्ने बताए।

“यसले तरलता अभावको अहिलेको अवस्था केही सहज हुनेछ,” ढकालले भने, “दूतावासबाट यसबारे जानकारी दिएर बेलायतमा प्रचार प्रसार गर्न सकिन्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved