विश्वभर ७ करोड ३० लाख सक्रिय सङ्क्रमित

नेपालभ्युज

विश्वभर ७ करोड ३० लाख सक्रिय सङ्क्रमित

काठमाडौं। विश्वभरमा कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या ७ करोड ३० लाख पुगेको छ। कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार संसारभर ७ करोड ३० लाख ४४ हजार ७०४ जना सक्रिय सङ्क्रमित छन्।

जसमध्ये ९३ हजार ३५२ जनाको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको पाइएको छ। अहिलेसम्म ३७ करोड ७२ लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा २९ करोड ८५ लाख निको भएका छन्। ५६ लाख ८९ हजारको भने मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर १५ लाख नयाँ सङ्क्रमित थपिँदा १९ लाखले कोरोना जितेका छन्। ६ हजारको भने मृत्यु भएको छ।

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार २९२ सङ्क्रमित थपिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved