ब्राजिलमा बाढीपहिरो, कम्तीमा २४ को मृत्यु

ब्राजिलमा दुई दिनदेखिको वर्षासँगैको बाढी पहिरोमा परी कम्तीमा २४ जनाको ज्यान गएको छ । कैयौँ विस्थापित भएका छन्।

नेपालभ्युज

ब्राजिलमा बाढीपहिरो, कम्तीमा २४ को मृत्यु

काठमाडौं। ब्राजिलमा दुई दिनदेखिको वर्षासँगैको बाढी पहिरोमा परी कम्तीमा २४ जनाको ज्यान गएको छ।

ब्राजिलको साओपाओलो सहर सबैभन्दा बढी प्रभावित भएको जनाइएको छ। कैयौँ विस्थापित भएका छन्। २४ जना नागरिकको ज्यान गएको पुष्टि भएको छ।

भारी वर्षाका कारण उद्धारमा कठिनाई भइरहेको साओपाओलो राज्यका गभर्नर जोयो दोरियाले जनाए। बाढीपछि राज्यमा आपतकाल घोषणा गरिएको छ।

अधिकांश ग्रामीण भेगमा विद्युत् सेवा अवरुद्ध भएको छ भने सडक बगाउँदा यातायात प्रभावित भएको जनाइएको छ। मौसमविद्हरूले वर्षा सम्भावना अझै रहेकाले सचेत रहन आग्रह गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved