एजेन्सी । बलिउड अभिनेजी काजोलमा कोरोना संक्रमण पुष्टि भएको छ। काजोलले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएकी हुन्। काजोल आइसोलेशनमा छिन् र कोरोना प्रोटोकल पालना गरिरहेकी छिन्।
कोरोनाको चपेटमा परेदेखि काजोललाई छोरी न्यासाको यादले पनि सताइरहेछ।
उनले आइतबार आफ्नो आधिकारिक इन्स्टाग्राममा छोरी न्यासाको फोटो साझा गर्दै लेखिन्, ”मेरो कोरोना रिपोर्ट पोजिटिभ आएको छ र साँच्चैमा म चाहन्न, कसैले मेरो रूडोल्फ नोज देखोस्। यसैले तपाई सबैले संसारको सबैभन्दा प्यारो मुस्कान हेर्नुहोस्। न्यासा म तिमीलाई धेरै मिस गरिरहेकी छु।”
काजोल कोरोना संक्रमित भएको खबर सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमा समर्थकहरूले उनको स्वास्थलाभको कामना गरेका छन्। काजोलअघि फिल्म अभिनेत्री नोरा फतेही, करीना कूपर खान, अमृता अरोड़ालगायत सेलिब्रिटीहरूमा पनि संक्रमण देखिएको थियो। अहिले उनीहरू निको भइसकेका छन्।
Facebook Comment
Comment