एमाले विरुद्धको गठबन्धन किन ? योगेश भट्टराईले दिए दुई जवाफ

भट्टराईको नजरमा एमालेविरुद्धको गठबन्धनको पहिलो कारण ‘प्रदेशमा मन्त्रालय फुटाउँंदै, मन्त्रीको संख्या थप्दै चालु र अनुत्पादक खर्च बढाउन’ रहेको छ।

नेपालभ्युज

एमाले विरुद्धको गठबन्धन किन ? योगेश भट्टराईले दिए दुई जवाफ
फाइल तस्वीर

काठमाडौं। नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले एमाले विरुद्धको गठबन्धन किन भन्ने प्रश्नको दुई जवाफ दिएका छन्।

भट्टराईले सामाजिक सञ्जालमार्फत एमाले विरुद्ध बनेको गठबन्धन के का लागि थियो भन्ने दुई कारण सार्वजनिक गरेका छन्।

भट्टराईको नजरमा एमालेविरुद्धको गठबन्धनको पहिलो कारण ‘प्रदेशमा मन्त्रालय फुटाउँंदै, मन्त्रीको संख्या थप्दै चालु र अनुत्पादक खर्च बढाउन’ रहेको छ।

भट्टराईले दोस्रो कारण ‘आवधिक निर्वाचनलाई टार्दै स्वेच्छाचारी शासन लम्ब्याउन’ रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved