फेरि विवादमा तानिए दुर्गेश, महिला हिंसा बढाउने गीत गाएको आरोप

नेपालभ्युज

फेरि विवादमा तानिए दुर्गेश, महिला हिंसा बढाउने गीत गाएको आरोप

काठमाडौं । गायक दुर्गेश थापा फेरि विवादमा मुछिएका छन्। वैज्ञानिक समाजवादी महिला संगठनले भर्खरै सार्वजनिक भएको उनको नयाँ गीत ‘पैसा’ को प्रशारण बन्द गर्न आग्रह गरेको छ। गीतमा महिलालाई पैसासँग तुलना गरिएको भन्दै यसको प्रसारण बन्द गर्न आग्रह गरिएको हो।

सङ्गठनले आज विज्ञप्ति जारी गरी हालचालै सार्वजनिक भएको गायक थापाको ‘पैसा’ नामक म्युजिक भिडियोमा सभ्य समाजमा पाच्य नहुने खालका शब्दहरू प्रयोग भएको जनाएको छ।

“कलाकारले प्रयोग गर्ने शब्द, वेशभूषा र प्रस्तुतिले समाजमा अल्पकालीन र दीर्घकालीन असर पार्दछ, नेपाली समाजमा महिलामाथि हुने बलात्कारजन्य हिंसा, मानसिक र शारीरिक रूपमा हुने हिंसा वृद्धिमा सिनेमा, साहित्य र गीतमा महिलाको गरिमा र अस्तित्वलाई सस्तो र महिलाद्वेषी प्रस्तुत पनि एक कारण हो”, विज्ञप्तिमा भनिएको छ।

यसअघि पनि ‘बिच्च बिच्चमा ४ – ख्यास्स पुतली’ बोलको गीतमा महिलालाई होच्याउने शब्दहरू प्रयोग गरेको आरोप उनीमाथि लागेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved